राजनीतिक कैदीबन्दीलाई रिहा गर्न ग्लोबल अभियानद्वारा भुटानका राजालाई अपिल

काठमाण्डाै – भुटानमा रहेका राजनीतिक कैदीबन्दीलाई रिहा गर्न ग्लोबल अभियानले भुटानका राजालाई अपिल गरेको छ । अभियानले राजनीतिक कैदीहरूलाई रिहा गर्नका लागि पुनः अपिल गरेको हो । प्रजातान्त्रिक सरकार र संवैधानिक राजतन्त्रको शुरुवातपछि राजनीतिक आधारमा धेरैलाई विभिन्न जेलमा राखिएको भन्दै रिहा गर्नको लागि पत्रमार्फत् अभियानले अनुरोध गरेको हो ।

अभियानले पत्रमा ५५ जनाको विवरण समेत उल्लेख गरेको छ । साथै रिहाको मागमा ५ सय ३४ जनाको हस्ताक्षर छ । धेरै वर्षसम्म नेपालमा भुटानी शरणार्थी शिविरमा बिताएका ती राजनीतिक बन्दीहरूको परिवारका अधिकांश सदस्य अहिले विभिन्न आठ पश्चिमी देशहरूमा पुनःस्थापना भइसकेका र धेरैले ती देशहरूको नागरिकता प्राप्त गरिसकेका र केहीले प्राप्त गर्ने प्रक्रियामा रहेको पत्रका उल्लेख गरिएको छ ।

परिवारका सदस्यहरूको पुनर्वासका लागि आईसीआरसीले उनीहरूको पारिवारिक भेटघाटको कार्यक्रम बन्द गरेको उल्लेख गर्दै कैदी बन्दीलाई रिहा गर्नका लागि अनुरोध गरेको अभियानका राम कार्कीले जानकारी दिनुभयो ।

राजनीतिक बन्दीहरुका अभिभावकहरु अहिले वृद्ध भइसकेकाले पनि सन्तानको अनुहार हेर्नका लागि आतुर भएका छन् भने भर्खरै जन्मेका उनीहरूका बच्चाहरू पनि उनीहरुको अनुहार हेर्न ठूलो इच्छासहित पर्खिरहेका भन्दै दशकौँसम्म उनीहरूको बाँकी जीवन बाँच्ने अवसरहरू पाउनेमा आशावादी भएको अभियानले पत्रमा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *